सिटिजन्स बैंकले विशेष साधारणसभा आह्वान गरेको छ ।
बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न उक्त सभा बोलाएको छ ।
उक्त बैठक माघ १५ गते लाईै बोलाइएको छ । उता तिनाउ मिसनले पनि मर्जर प्रस्ताव पारित गर्न १५ गते नै बैठक बोलाएको छ ।
दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए। पुस २२ गतेसम्मको तथ्यांकका आधारमा एक्वायरपछि सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब २४ अर्ब पुग्नेछ भने ऋण १ खर्ब २ करोड पुग्नेछ।
प्रतिक्रिया