१ लाख ५० हजार घुस लिएको आरोपमा सव इन्जिनियर पक्राउ

५ बर्ष अगाडि

काठमाडौं- सेवाग्राहीबाट घुस लिएको आरोपमा सव इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ परेका छन् । उनलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले पक्राउ गरेको हो ।

उनी तनहुँ जिल्लाको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत थिए । 
आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अधिकारीलाई पक्राउ गरेको बताइएको छ । 

सव इन्जिनियर अधिकारीलाई भानु नगरपालिका वडा नं। २, बाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया