बीमा समितिको अध्यक्ष पद भोलिदेखि रिक्त हुदैं, तर नयाँ अध्यक्ष नियुक्तीको छैन तयारी

५ बर्ष अगाडि

काठमाडौं – बीमा समितिको अध्यक्ष पद भोलि शु्क्रबारदेखि रिक्त हुदैंछ । तर, नयाँ अध्यक्ष नियुक्तीको बिषयमा सम्बन्धीत निकाय अर्थात् अर्थमन्त्रालयले अहिलेसम्म तयारी नगरेको पाइएको छ । 
बीमा समितिका बहालवाला अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल आजदेखि सकिदैं छ । त्यो अनुसार भोलिदेखि उक्त पद रिक्त हुन्छ । तर, मन्त्रालयले नयाँ अध्यक्ष चयन गर्ने बिषयमा तयारी गरेको छैन । 
यस बिषयमा समितिले मन्त्रालयलाई जानकारी गराईसकेको छ । तर, मुलुकमा देखिएको राजनीतिक अस्थिरताले यसमा अन्योल थप गरेको छ । 
त्यसमाथि बीमा समितिको अध्यक्ष नियुक्ती गर्ने बिषयमा खास व्यवस्था पनि छैन । पद रिक्त भएको यतिका दिन भित्र अध्यक्ष नियुक्ती गर्नुपर्ने भनेर व्यवस्था पनि कतै छैन । यसले गर्दा पनि यसमा अन्योल देखिएको छ । 

प्रचलित व्यवस्था अनुसार अर्थमन्त्रीले समितिको अध्यक्ष नियुक्तका लागि तीन जना व्यक्तिको नाम बिना प्रतिस्पर्धा सिधैं मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्नेछन् र मन्त्रिपरिषद्ले त्यसमध्येबाट कुनै एक जनालाई समितिको अध्यक्ष रुपमा नियुक्ती गर्नेछ ।

त्यो अनुसार यसमा खुल्ला प्रतिस्पर्धा भने हुदैन । अर्थमन्त्रीका नजिकका मान्छे नै समितिको अध्यक्ष बन्ने व्यवस्था देखिन्छ । 
नयाँ अध्यक्ष नियुक्ती गर्ने बिषयमा कुनै पनि तयारी नभएको अर्थमन्त्रालयका कर्मचारीहरु बताउछन् । यो राजनीतिक बिषय भएकाले पनि यस बिषयमा कुनै तयारी नगरेको उनीहरुको भनाइ छ । 
यता अर्थमन्त्री विष्णु पौडेल मार्फत पनि यस बिषयमा कुनै तयारी नभएको बताइएको छ । अर्थमन्त्रीका एक सचिवालय सदस्यले यस बिषयमा कुनै तयारी तथा छलफल नभएको बताए । यद्यपि, बीमा समितिमा अध्यक्ष बन्ने दौडमा भएका व्यक्तिहरुले राजनीतिक रुपमा लभिङ भने गरिराखेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया