फरवार्ड माइक्रोफाइनान्स कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर सहित ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश माइक्रोफाइनान्सको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया