गणपति माइक्रोफाइनान्सद्धारा बोनस घोषणा, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं- गणपति माइक्रोफाइनान्सले शेयरधनीलाई बोनस वितरण गर्ने घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस वितरण गर्ने भएको हो ।

पुस २२ गते सम्पन्न सञ्चालक समितिको ७६ औं बैठकले बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीको चुक्ता पूँजी अहिले ११ करोड ७ लाख ४५ हजार रहेको छ । साथै उक्त प्रस्तावित १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बराबरको बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया