एमडी/एमएसको नतिजा आज सार्वजनिक, कति प्रतिशत  परीक्षार्थी उत्तीर्ण ?

५ बर्ष अगाडि

काठमाडौं- चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा आज सार्वजनिक गरेको हो।

आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना  परीक्षार्र्थी सहभागी भएका थिए । जसमध्ये अनुभव सहितको खुलामा  २ हजार ४७० जना,  विना अनुभव खुल्ला तर्फ १५७ जना,  सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन्। सहभागी  परीक्षार्थी उत्तीर्ण हुने  परीक्षार्थी ५४.९८ प्रतिशत रहेका छन् ।

परीक्षामा ५ हजार ५६८ जनाले परीक्षा फारम भरेकोमा ३३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन्। परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन्।

 

५ बर्ष अगाडि

प्रतिक्रिया