के चिनियाँ अर्बपति ज्याक मा हराएकै हुन त ?

५ बर्ष अगाडि

एजेन्सी- चिनियाँ उद्यमी तथा अलीबाबा समूहका संस्थापक ज्याक मा पछिल्लो दुई महिनादेखि सार्वजनिक रुपमा नदेखिएपछि हराएको आशंका गरिएको छ । 

सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार ज्याक मा धेरै हप्तासम्म सार्वजनिक रूपमा देखिएका छैनन् । यसले मा हराइरहेको हुन सक्ने अनुमान लगाइएको छ । 

ज्याक माले आफुले गरेका हरेक कार्यहरुको ट्वीटरमा अपडेट गर्ने गर्थे । तर उनले अक्टोबर १० पछि कुनै ट्वीट गरेका छैनन् । उनी पछिल्लो समय नोभेम्बरमा भएको ‘अफ्रिका बिजनेस हिरोज’ मा निर्णायक बस्ने भनिएको थियो । तर उक्त ट्यालेन्ट सोको फाइनलमा ज्याक मा उपस्थित भएनन् ।

माले पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए । माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो ।

केहि महिना अघि सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई चिनियाँ सरकारले आइपिओ जारी गर्नबाट रोकेको थियो । 

उनले ग्लोबल बैंकिंग नियमहरुलाई ‘बुढो मानिसहरुको क्लब’ सँग तुलना गरेका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया