काठमाडौं भित्रिने नाका नागढुङ्गाबाट एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनी कपिलबस्तुबाट काठमाडौं आउन लागेको बेला नागढुङ्गामा उनको निजी सवारी जाँच गर्ने क्रममा सो रकम फेला परेका उच्च प्रहरी अधिकारीले जानकारी दिए । सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भीक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया