लागूऔषधसहित विरटानगरबाट दुई जना पक्राउ

५ बर्ष अगाडि

विराटनगर- लागूऔषधसहित विरटानगरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका-२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।

उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया