सिटिजन्स बैंकका सीईओको बार्षिक तलव, भत्ता कति ?

५ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश पोखरेलले गत आव मा तलब भत्ता लगायतका सुविधा बापत १३ करोड १९ लाख बुझेका छन् । 

बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । यस मध्ये उनको कुल तलब ८४ लाख रहेको छ । त्यस्तै भत्ता ३ लाख रहेको छ भने दशैं भत्ता ९ करोड ५० लाख रहेको छ । संचयकोष योगदान बापत ८ लाख ४० हजार रहेको छ । 

उनको गत आवमा ६२ लाख २८ हजार २ सय २९ रुपैयाँ आयकर कट्टि भएको छ । त्यस पछि उनले खुद पारिश्रमिक तथा भत्ता ६ कारोड ९ लाख ६१ हजार ७ सय ७१ रुपैयाँ बुझेका छन् ।

साथै उनलाई बैंकले सवारी साधनको सुविधा उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ । 

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया