काठमाडौं- बैंक अफ काठमान्डूमा अझै १६ करोड १६ लाख ५२ हजार १५० रुपैयाँ लाभांश रकम शेयरधीले नबुझेको पाइएको छ ।
आव २०७०/७१ देखि आव २०७५/७६ सम्म वितरण गरेको नगत लाभांस रकम मध्ये २०७७ असार मसान्तसम्ममा गरेर शेयरधनीले सो बराबरको लाभांश नबुझेको पाइएको हो । बैंकले हालै सार्वजनिक गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको छ।
प्रतिवेदनअनुसार आव २०५८/५९ देखि २०६९/७० सम्ममा सेयरधनीले १३ करोड ४८ लाख २८ हजार २५ बराबरको लाभांश दावी हुन आएको छैन ।
यस अभांश रकमलाई कम्पनी रजिष्ट्रारको कार्यालयको निर्र्देशन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा जम्मा गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया