गत आवमा माछापुच्छ्रे बैंकले सिइओलाई कत्ति दियो तलब ?

५ बर्ष अगाडि

काठमाडौं- माछापुच्छ्रे बैंकले गत अर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता बापत २ करोड २३ लाख भुक्तानी गरेको छ । त्यस्तै नायक महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १० करोड ७८ लाख भुक्तनी गरेको छ । 

बैकले प्रमुख कार्यकारी अधिकृत लगायत सबै कर्मचारीहरुलाई बोनस ऐन बमोजीम बोनस प्रदा गरेता पनि रकम भने उल्लेख गरिएको छैन । बैकले स्वीकृत नियमअनुसार नै कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको दुर्घटना तथा आषधोपचार खर्चको विमा प्रिमियम पनि ब्यहोर्दै आएको जनाएको छ ।

बैंकमा सुमन शर्मा मिती २०७६ फागुन ३० गतेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए भने उनको राजिनामा पछि २०७७ बैशाख १ देखि सन्तोष कोइराला प्रमुख कार्यकारी अधिकृत रहेका छन् । 

बैंकले सञ्चालकहरुलाई भने पारिश्रमिकको व्यवस्था गरेको छैन । तर सञ्चालक समितिको बैठकमा भाग लिए बापत प्रति बैठक अध्यक्षलाई १५ हजार र सञ्चालकलाई १२ हजार भत्ता उपलब्ध गराएको छ । 
यस्तै प्रति महिना पत्रमत्रिका, मोवाइल तथा ईन्टरनेट शुल्क बापत १० हजार उपलब्ध गराइएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया