काठमाडौं – माछापुच्छ्रे बैंकमा अझै ९ करोड ८५ लाख ८० हजार ९९५ रुपैयाँ लाभांश रकम शेयरधीले नबुझेको पाइएको छ । आव २०७३÷७४ देखि आव २०७५÷७६ सम्मको गरेर शेयरधनीले सो बराबरको लाभांश नबुझेको पाइएको हो ।
बैंकले हालै सार्वजनिक गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार आव २०७३÷७४ को १ करोड ७७ लाख १८ हजार बराबरको लाभांश दावी हुन आएको छैन । यस्तै, आव २०७४÷७५ मा ३ करोड ६३ लाख २० हजार बराबरको लाभांश दावी हुन आएको छैन । यसैगरि आव २०७५÷७६ मा ४ करोड ४४ लाख ४२ हजार रुपैयाँ लाभांश पनि दावी हुन नआएको प्रतिवेदनमा उल्लेख छ ।
यस बैंकले विभिन्न समयमा लाभांश घोषणा गरिएको तर सेयरधनीहरुले ५ वर्ष भन्दा पनि लामो समय सम्म लाभांश नबुझेको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता लाभांश कम्पनी रजिष्ट्रारको कार्यालयको निर्र्देशन अनुसार २०७५/०५/२५ मा आ.व. २०६६/६७ सम्म सेयरधनीहरुले बुझिलिन बाँकी लाभांश रकम लगानीकर्ता सुरक्षण कोष, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा जम्मा गरिएको बैंकको भनाइ छ ।
प्रतिक्रिया