काठमाडौं- बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शोभन देवले गत आ.व. म तलब तथा भत्ता लगायतका सुविधा बापत गत आ.व. मा रु २ करोड ८१ लाख ३ हजार ७९० बुझेका छन् । बैंकले हाल सार्वजनिक गरेको गत आ.व.को वार्षिक प्रतिवदेनले देखाएको हो ।
बैकले गत आ.व. मा अन्य पदाधिकारीहरुलाई (प्रबन्धक वा सोभन्दा उच्चपदस्थ पदाधिकारी तर प्रमुख कार्यकारी अधिकृत बाहेक) तलब र भत्तामा १४ अर्ब ९४ करोड ५१ लाख बराबरको रकम खर्च गरेको छ ।
यस्तै, बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १४ हजार र सञ्चालकलाई प्रति बैठक भत्ता रु १२ हजार उपलब्ध गराउदै आएको छ ।
साथै सबै सञ्चालकहरुलाई बैकको कामको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गर्दा होटेल तथा अन्य खर्च बैंकको नियामावलीमा व्यवस्था भए बमोजिम प्रदान गरिएको छ । भने टेलिफोन, मोबाईल तथा पत्रपत्रिका खर्चका लागि मासिक रु १६ हजार समितिका अध्यक्ष तथा सदस्यहरुलाई प्रदान गरिएको बैकको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया