काठमाडौं – बैंक अफ काठमाण्डौ (बिओकें) ले आफ्ना ऋणीहरुलाई पुनकर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । बैंकले पुनरकर्जा पाउन योग्य ऋणीहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।
राष्ट्र बैंकले गत पुस १७ गते एक सुचना जारी गर्दै क, ख र ग बर्गका वित्तिय संस्थाहरुलाई एकमुष्ट रुपमा पुनरकर्जा दिने गरि आवेदन दिन आह्वान गरेको हो । त्यसपछि बैंकले पनि सोही सुचना बमोजिम आफ्ना गा्रहकलाई आवेदन दिन आग्रह गरेको हो ।
बैंकले आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकेको छ । उक्त समय पछि आउने आवेदनमा पुनरकर्जाको सुविधा नभएमा आफ्नो कुनै जिम्मेवारी नुहने बैंकको भनाइ छ ।
ग्राहकबाट आउने आवेदनको आधारमा नै बैंकले राष्ट्र बैंकमा पुनकर्जाको लागि आवेदन दिनेछ । त्यसपछि राष्ट बैंकबाट स्व्ीकृति भए बमोजिम पुनरकर्जा दिइने बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित मझौला ऋणीलाई लक्षित गर्दै एकमुस्ट रुपमा पुनर्कर्जा वितरण गर्ने गरि गत शुक्रबार सुचना जारी गरेको थियो । त्यसमा बैंकहरुले आगमी माघ १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले यसअघि नै साना ऋणीहरुलाई पुनकर्जाको सुविधा दिइसकेको छ । अहिले मझौला अर्थात् १५ लाख देखि ५ करोडसम्मको ऋणीहरुलाई लक्षित गरेर पुनकर्जा दिन लागिएको हो ।

प्रतिक्रिया