काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले चालु आवको मंसिरसम्म १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार चालु आवको ५ महिनामा १९ निर्जीवन बीमा कम्पनीले यतिका बीमाशुल्क संकलन गरेका हुन् ।
हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन् । तर, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने उक्त अवधीमा विवरण समितिमा नबुझाएको बताइएको छ ।
बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । कम्पनीले यस अवधीमा रु. १ अर्ब ३७ करोड बीमाशुल्क उठाएकोछ।
यस्तै, दोस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सले रु. १ अर्ब १३ करोड बीमाशुल्क संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्सले पनि सोही बराबर नै बीमाशुल्क उठाएको तथ्यांकमा उल्लेख छ ।
हेर्नुहोस, कुन कम्पनीले कति बीमाशुल्क उठाए ? शिखरः रु. १ अर्ब ३७ करोड
प्रतिक्रिया