४ कम्पनीमा भएको शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक, कुन कम्पनीको शेयर कतिमा ?

५ बर्ष अगाडि

काठमाडौं – एनआईसी एसिया बैंकले बिभिन्न ४ कम्पनीमा रहेको आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले नागरिक लगानी कोष, नेशनल लाइफ, एशियन लाइफ र सुर्या लाइफमा रहेको आफ्नो संस्थापक शेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेकोहो । 
बैंकले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकले त्यसको न्यूनतम मुल्य १ हजार ७१५ रुपैयाँ तोकेको छ ।
यस्तै, नेशन लाइफको १ लाख ३ हजार ९७६ कित्ता शेयर बिक्रीमा ल्याएको बैंकको भनाइ छ । बैंकअनुसार उक्त शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ५५० तोकिएको छ । 
यस्तै, बैंकले एशियन लाइफको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता संस्थापक पनि बिक्रीमा ल्याएको छ । उक्त कम्पनीको हरुको शेयरको न्यूनमत मुल्य भने क्रमसः ४६९ रुपैयाँ र ३३७ रुपैयाँ तोकिएको छ । 
इच्छुक शेयर खरिदकर्ताले न्यूनतम शेयर मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्र पेश गर्ने अवधी आज आइतबारदेखि शुक्रबारसम्म रहेको छ । 
बैंकले शेयर बिक्री प्रवन्धक भने  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया