सानिमा बन्यो ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरु गर्ने पहिलो बैंक

५ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ ।  

बैंकले स १६ गतेदेखि ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एप् ९सानिमा सजिलो ई–बैंकिङ्ग० अपग्रेड गरेको हो । 

साथै सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक पनि भएको छ।

बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिने भएको छ ।

यसबाट खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया