काठमाडौं- ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विश्वकै पहिलो उत्कृष्ट मानिने ईएचएल (ईएचएल।इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ ।
अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको यस कलेजलाई विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक विश्वविद्यालयका रूपमा रहेको स्वीजरल्यान्डको ईएचएलले आधिकारिक सर्टिफिकेसन कार्यक्रमका लागि छनौट गरेको हो ।
सन् १८८३ मा स्थापित स्विजरल्यान्डको पहिलो होटल व्यवस्थापन तथा आथित्य सत्कारसम्बन्धी प्राविधिक विश्वविद्यालय ईएचएलको विश्वका चीन, जापान, साउदी अरब, भारतसहितका देशमा ुसर्टिफाइडु आतिथ्य सत्कार शिक्षण संस्था सदस्य रहेको छ ।
नेपालको काठमाडौंमा रहेको यस गेट कलेजले भने पहिलो पठक अनुमति पाएको हो । गेट कलेजले विगत डेढ दशकदेखि होटल व्यवस्थापनमा बीएचएम तहको औपचारिक पाठ्यक्रमसहित अल्पकालीन अवधिका होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सन् २००७ देखि सञ्चालन हुँदै आएको गेट कलेजमा हालसम्म नेपालीहरूबाहेक १९ देशका करिब साढे ४ हजार विद्यार्थीले होटल व्यवस्थापन र आतिथ्य सत्कारको शिक्षा लिइसकेका छन् ।
प्रतिक्रिया