काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरू आइतबार खोल्ने भएको छ ।
कम्पनीले पौष ६ गते सोमबारदेखि पुस १३ गते, सोमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
यस्तै कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
उक्त बोलपत्रहरू आइतबार बिहान ८ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा खोलिंदैछ ।

प्रतिक्रिया