अब नविल बैंकको एटीएम पिन बिर्सिएमा आफै रिसेट गर्न सकिने

५ बर्ष अगाडि

तँपाई नबिल बैंकको ग्राहक हुनुहुन्छ,या एटीएम कार्डको पिन नम्बर बिर्सनु भयो ? अब ढुक्क हुनुहोस नविल बैंकले अब एटीएम कार्डको पिन नम्बर बिर्सिँदा आफै परिवर्तन गर्न सक्ने  सुविधा ल्याएको छ  । बैंकले एटिएम बुथबाटै पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा ल्याएको हो । 

 अव  मोबाइल नम्बरका आधारमा पिन नम्बर रिसेट गर्न सकिने भएपछि  ग्राहकले पिन नम्बर बिर्सदा बैंक पुग्नुपर्ने झन्झट हटेको छ। 
कसरी गर्ने रिसेट ?

  •  नविल बैंकको नजिकैको एटीएम बुथमा जानुहोस् र आफ्नो कार्ड राख्नुहोस् (इन्सर्ट गर्नुहोस्) ।
  • त्यसमा रहेको ‘जेनेरेट ओटीपी फर पिन’ नामक विकल्प रोज्नुहोस् र आफ्नो कार्ड एटीएम मसिनबाट झिक्नुहोस् ।
  • यससँगै अब तपाईंको दर्ता भएको मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ ।
  • पुनः आफ्नो एटीएम कार्ड मसिनमा राख्नुहोस् र भाषा छनौंट गर्नुहोस् ।
  • ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ लेखिएको विकल्प रोज्नुहोस् ।
  • यति गरिसकेपछि आफ्नो मोबाइलमा आएको ६ अंकको ओटीपी कोड राख्नुहोस् ।
  • अब आफूले चाहेको नयाँ पिन नम्बर राख्नुहोस् र कन्फर्म गर्नुहोस् ।
  • यति भएसँगै तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन हुनेछ ।
५ बर्ष अगाडि

प्रतिक्रिया