ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लप्सेको देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
उक्त क्षेत्रमा आर्थिकरुपमा कमजोर र तामाङ समुदायको बस्ती रहेको छ ।
योङ पिकासो र ‘सहयात्रा’ संस्थाको सहकार्यमा त्यहाँका कक्षा १ देखि ५ का विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको हो ।
कार्यक्रमका लागि विएफविएस गोर्खा रेडियो, भाटभटेनी सुपर स्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनले सहयाग गरेको योङ पिकासोका निर्देशक अजय देशारले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक मैया थपलियाले चिसो समयमा आफ्ना विद्यार्थीलाई राहत मिलेको बताए। ‘सहयात्रा’का निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले विद्यार्थीका लागि सिकाइ महत्वपूर्ण रहेकाले न्यानो कपडाले सिकाइ सहज बनाउने अपेक्षा व्यक्त गरे।
प्रतिक्रिया