पूँजीको विकासका लागि किसान वर्ग उत्पादनमा जोडिनु पर्छ : मन्त्री अर्याल

५ बर्ष अगाडि

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि  किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएको छ । 

थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताए ।  

उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गरे । 

मन्त्री अर्यालले विदेशबाट फर्किएका  युवालाई व्यावसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनुपर्ने जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया