प्राइम कमर्सियलको लाभांश सुरक्षित गर्न आइतबार अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेसँगै पुस १९ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २९ गते साधारण सभा आयोजना गरेको हो । कम्पनीले सभा केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी गराएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया