मल्टिपर्पस फाइनान्सको आजदेखि शेयर लिलामीमा आवेदन खुला

५ बर्ष अगाडि

काठमाडौं, मल्टिपर्पस फाइनान्सले आजदेखि संस्थापक समूहको शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १७ लाख ५९ हजार ६२१ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

 शेयरमा उक्त कम्पनीका संस्थापक र सर्वधारणले पनि आवेदन गर्न सक्नेछन् । 

विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन गर्न सकिनेछ ।

 त्यस्तै  आवेदकले सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा,बुटवल, नेपालगञ्ज, बीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि लिलामीमा शेयरमा आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया