राष्ट्र बैंकले माग्यो ९८ अर्ब बराबरको पुनर्कर्जाका लागि आवेदन

५ बर्ष अगाडि

काठमाडौं- पुनर्कर्जा रकम प्रदान गर्नका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको छ।

बैंकले एकमुष्ट रुपमा ९८ अर्ब रुपैयाँ पुनर्कर्जा रकम प्रदान गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले माघ १० गते सम्म आवेदन दिन पाउँनेछन् ।

कोरोना प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गर्दै राष्ट्र बैंकले यस पटक पुनर्कर्जाको आकार बढाएको छ। 

साथै राष्ट्र बैंकले इच्छुक ग्राहक ऋणीलाई आफूले सेवा लिइरहेको बैंक तथा वित्तीय संस्थाका शाखामा पुनर्कर्जाका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया