काठमाडौं- नेपाल फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन खुला गरेको छ ।
कम्पनीको कुल ५ लाख १५ हजार २४८.२५ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । जसमध्ये २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९.५० कित्ता रहेको छ । शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य तोकी आवेदन गर्न सक्नेछन् ।
आवेदकले यस शेयरमा पुस २४ गते सम्म आवेदन दिन सक्नेछन् । यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले प्रभु बैंकको शाखा कार्यलयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू। १३ करोड ५८ लाख ३१ हजार रहेको छ ।
प्रतिक्रिया