काठमाडौं – सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले गत आवमा तलव तथा भत्ता लगायतका सुविधा बापत गत आवमा रु. १ करोड ४६ लाख १५ हजार बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
यस्तै, गत आर्थिक बर्षमा बैंकले अन्य व्यवस्थापकहरुलाई ३ करोड ८२ लाख ४२ हजार रुपैयाँ तलव भत्ता लगायतको सुविधा दिएको छ ।
यस्तै, बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता रू.१३,०००÷– र संचालकलाई प्रति बैठक भत्ता रू.१२,००० उपलब्ध गरादै आएको प्रतिवेदनमा उल्लेख छ ।
सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक रू. १२,००० उपलब्ध गराउने गरिएको छ । यस बाहेक अन्य कुनै सुविधा प्रदान नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
संचालक समितिका सदस्यहरुलाई आ.व. २०७६÷७७ मा जम्मा रू. २६ लाख १८ हजार भुक्तानी गरिएको छ । उपरोक्त भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेर मात्र भुक्तानी गर्ने गरिएको छ ।
प्रतिक्रिया