कोरोना प्रभावित क्षेत्रका ऋणीहरुलाई राष्ट्र बैंकले पुनरकर्जा दिने, आवेदन दिने म्याद कहिलेसम्म ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित मझौला ऋणीलाई लक्षित गर्दै एकमुस्ट रुपमा पुनर्कर्जा वितरण् गर्ने भएको छ ।  यसका लागि राष्ट्र बैंकले प्रस्ताव माग पनि गरिसकेको छ । बैंकले शुक्रबार एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । क, ख र ग बैंक तथा वित्तिय संस्थाहरु उक्त पुनकर्जामा सहभागी हुन पाउने छन् । यसका लागि बैंकहरुले आगमी माघ १५ गतेसम्म आवेदन दिइसक्नुपर्ने बताइएको छ । 
राष्ट्र बैंकले यसअघि नै साना ऋणीहरुलाई पुनकर्जाको सुविधा दिइसकेको छ । अहिले मझौला अर्थात् १५ लाख देखि ५ करोडसम्मको ऋणीहरुलाई लक्षित गरेर पुनकर्जा दिन लागिएको हो । 

कोरोनाबाट प्रभावित ऋणीहरुले मात्र यो पुनकर्जा पाउन सक्ने बताइएको छ । कोरोनाबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रका ऋणीहरुले पुनरकर्जा पाउने बताइएको छ । 

विस्तृतमा यो सुचना हेनुहोस

५ बर्ष अगाडि

प्रतिक्रिया