एनआईसी एसिया बैंकका सीईओलाई सुविधै सुविधा, कति छ तलव बार्षिक तलव ?

५ बर्ष अगाडि

काठमाडौं – एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानले तलव तथा भत्ता लगायतका सुविधा बापत गत आवमा रु. २ करोड ५० करोड ५९ हजार १३० बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
उनले तलव गत आवमा १ करोड ८० लाख  रुपैयाँ तलव÷भक्ता बापत बुझेका छन् । त्यो अनुसार उनको मासिक तलव÷ भत्ता १८ लाख रुपैयाँ रहेको देखिन्छ । 
यस्तै, उनले यस अवधीमा  ७० लाख भन्दा बढी कर्मचारी बोनस बुझेका छन् । गत आर्थिक बर्षमा बैंकले कर्मचारीको नाममा २ अर्ब ९१ करोड ३५ लाख खर्च गरेको छ । 
अन्य सुविधा अन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाई एक सवारी साधन तथा सवारी साधनमा लाग्ने ड्राइभर, बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको छ । साथै, प्रमुख कार्यकारी अधिकृतलाई टेलिफोन खर्च रकमको सोधभर्ना समेत प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया