भ्रामक समाचारप्रति विद्युत् प्राधिकरणको ध्यानाकर्षण

५ बर्ष अगाडि

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले केहि दिन यताबाट लोडसेडिङ शरु भएको भन्दै हल्ला चलाएको प्रति ध्यानाकर्षण गराएको छ । 

केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा अघोषित लोडसेडिङ शुरु भएको हल्ला चल्न थालेपछि प्राधिकरणले बिहीबार एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

साथै ​कुनै पनि प्रकारका लोडसेडिङ नहुने पनि बताएको छ। ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको उल्लेख गर्दै फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको समेत स्पष्ट पारेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया