हिमालयन डिष्टिलरीको शत प्रतिशत लाभांश वितरण प्रस्ताव, पुस २९ गते साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं, हिमालयन डिष्टिलरीले गत आवको मुनाफाबाट  शेयरधनीलाई कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 पुस २९ गते उक्त प्रस्ताव पारितका लागि साधारण सभा आह्वान गरेको छ। कम्पनीका अनुसार  सभा रजिष्टर्ड कार्यालय पर्सा, वीरगञ्जमा गर्ने बताइएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्न बताएको छ ।  

अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कम्पनीले ५० प्रतितश बोनस शेयर र ५२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यस्तै यस्तै कम्पनिले आ.व ०७४र७५ मा २१.०५(६८.४२ अन्तरिम लाभांश) वितरण गरेको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया