काठमाडौं- गत आर्थिक वर्ष (आ.व) को मुनाफाबाट ८ ओटा वित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
लाभांश वितरण गर्ने प्रस्ताव राख्नेमा मञ्जुश्री फाइनान्स, सृजना फाइनान्स,आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्स रहेका छन् ।
लभांश प्रस्ताव गरेका ८ वित्त कम्पनीहरुमध्ये मञ्जुश्री फाइनान्सले सबैभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १८ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले पुस २८ गते साधारण सभा बोलाएको छ । उक्त कम्पनीको लाभांश पुस २० गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
त्यसैगरी लाभांश पारित गर्न मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र गुडवील फाइनान्सले पुस २९ गते साधारण सभा डाकेका छन् ।
यस्तै समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स र युनाइटेड फाइनान्सले गत आवको वार्षिक प्रतिवेदन पारित गर्न साधारण सभा आयोजना गरेका छन् ।
समृद्धि फाइनान्सले साधारण सभा पुस २७ गते, प्रोग्रेशिभ फाइनान्स र युनाइटेड फाइनान्सले पुस २९ गते साधारण सभा आयोजना गरेका छन् ।
ती कम्पनीहरुमध्ये सृजना फाइनान्स र सेन्ट्रल फाइनान्स बाहेकका कम्पनीले लाभांश पारित गर्नका लागि साधारण सभा आयोजना गरेका छन् ।

प्रतिक्रिया