आइपीओ जारी गर्न लागेको इन्फ्रास्ट्रकचर बैंकले पायो नयाँ रेटिङ, पुस अन्तिम साताबाट आवेदन खुल्दै

५ बर्ष अगाडि

इक्रा नेपालले नेपाल इन्फ्रास्ट्रकचर बैंकको इस्युअर रेटिङ गरेको छ । 

इक्राले बैंकलाई ट्रिपल बिको(BBB) इस्युअर रेटिङ प्रदान गरेको छ ।

उक्त रेटिङले कम्पनीमा लगानी गर्न मध्यम जोखिम रहेको जनाउछ । 

यस अघि कम्पनीको आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । 

बैंकले पुस २६ गतेदेखि आईपिओ बिक्रि खुला गर्ने गरि तयारी गरिरहेको समेत  बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया