कोरोना बीमा : पाँच दिनमा २ हजार जनालाई १९ करोड भुक्तानी

५ बर्ष अगाडि

कोरोना बीमा वापत गएको पाँच दिनमा २ हजार जनाभन्दा धेरैले करिब २० करोड भुक्तानी पाएका छन् । 

बीमा समितिले दाबी भुक्तानी प्रकृयालाई तिब्रता दिएसँगै दुई हजार ६८ जना बीमितले १९ करोड ८७ लाख २५ हजार रुपैयाँ भुक्तानी पाएका हुन् । 

पुस १० गतेसम्म १५ हजार ८७९ जना बीमितले कोरोना बीमाको रकम बुझेकोमा १५ पुससम्म  निर्जीवन बीमा कम्पनीहरुले १७ हजार ९ सय ४७ जना बीमितलाई कोरोना बीमाको रकम दिएका छन् । त्यस्तै कोरोना बीमावापत कूल एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । 

पुस १५ गतेसम्म निर्जीवन बीमा कम्पनीहरुमा ३५ हजार ८२६ वटा दाबी परेकोमध्ये  दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ३३६ वटा फाइल सम्बन्धित कम्पनी मै फिर्ता भएको जनाइएको छ ।  बाँकी दुई हजार ८९३ दावीका फाईल स्वीकृत हुने प्रक्रियामा छन् । 

बीमाका लागि गरेका दाबी मध्ये ४ हजार ३३० दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेको बीमा समितिले जनाएको छ ।  त्यस्तै ५७६ वटा दावीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेको र ९० वटाले  दोहोरो आवेदन दिएका कारण नो क्लेममा राखिएको छ ।

७ हजार ६२७ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया