काठमाडौं – कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले तलव तथा भत्ता लगायतका सुविधा बापत गत आवमा रु. २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ बुझेका छन् । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
उनले तलव गत आवमा १ करोड ७ लाख ४७ हजार ६९९ रुपैयाँ तलव बापत बुझेका छन् । त्यो अनुसार उनको मासिक तलव ८ लाख ९५ हजार रुपैयाँ भन्दा बढी रहेको देखिन्छ ।
यस्तै, उनले गत आवमा भत्ता बापत रु. ४५ लाख ६७ हजार ७७२ बुझेका छन् । सीईओ भण्डारीले गत आवमा दशैं भत्ता बापत १३ लाख ९ हजार १५ रुपैयाँ बुझेका छन् ।
यसैगरि विदा संञ्चित बापत उनले ८ लाख ९५ हजार ६४२ रुपैयाँ बुझेका छन् । यस्तै, अन्य सुविधा बापत ६३ लाख ४० हजार ८२७ रुपैयाँ बुझेका छन् ।
यस्तै, बैंकले गत आवमा अन्य व्यवस्थापकहरुलाई तलव भत्ता लगायतका सुविधा बापत रु. १० करोड ४४ लाख भन्दा बढी रकम भुक्तानी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत देखि सहायक महाप्रवन्धकसम्मलाई चालक तथा इन्धन सुविधा सहितको सवारी कर्जा, सवारी मर्मत भत्ता र अन्य व्यवस्थापकीय पदाधिकारीहरुलाई बैंकको सवारी साधन नीति बमोजिम सवारी कर्जा, इन्धन तथा मर्मत भत्ता दिइएको बैंकको भनाइ छ ।
यस्तै, सम्पुर्ण स्थायी पदाधिकारीहरुलाई बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा पनि प्रदान गरिएको बैंकले बताएको छ ।
यसैगरि बैंकको मानव संशाधन नीति अनुसार पत्रपत्रिका तथा फोन÷मोवाईल फोन सुविधा र बैंकको नीति अनुरुप कर्मचारीहरुको सामुहिक जीवन बीमा समेत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया