सिटिजन्स बैंकका ग्राहकलाई होटल साम्बालामा विभिन्न सेवामा विशेष छुट

५ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउनेछन् 

बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको जनाएको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नम्बर आफैं सेट गर्न सक्ने सोवाको पनि थालनी भइको छ । कोभिड–१९ को त्रास कायमै रहेकाले ग्राहकलाई बैंकमा नआइकनै बैकिङ सुविधा दिन विभिन्न योजना ल्याएको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड देशभरका १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु दिँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया