जीवन बीमा कम्पनीहरुले उठाए ५० अर्ब बीमाशुल्क, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो ५ महिनामा करिब आधा खर्ब अर्थात् ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरुले मंसिरसम्म रु. ४९ अर्ब २९ करोड बीमाशुल्क संकलन गरेका हुन् । 
बीमा समितिको मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो । बीमा शुल्क संकलन गर्ने कार्यमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले यस अवधमिा रु. १४ अर्ब १२ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको एलआईसी नेपालले रु. ७ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रु. ५ अर्ब ५३ करोड बीमाशुल्क संकलन गरेका छन् । 
यस्तै, अन्य कम्पनीले संकलन गरेको बीमाशुल्कको विवरण यस प्रकार छः 
१) नेपाल लाइफः १४.१२ अर्ब 
२) एलआईसी नेपालः ७.१२ अर्ब 
३) राष्ट्रिय बीमा संस्थानः ५.५३ अर्ब 
४) नेशनल लाइफः ४.४६ अर्ब 
५) युनियन लाइफः २.४७ अर्ब 
६) एशियन लाइफः २.३० अर्ब 
७) मेट लाइफः २.०१ अर्ब 
८) प्राइम लाइफः १.६६ अर्ब
९) सूर्या लाइफः १.४५ अर्ब
१०) गुराँस लाइफः १.४० अर्ब 
११) सिटिजन लाइफः १.०८ अर्ब 
१२) रिलायबल लाइफm ०.९८ अर्ब
१३) ज्योति लाइफः ०.९३ अर्ब  
१४) आइएमई लाइफः ०.८८ अर्ब 
१५) सन नेपाल लाइफः ०.७३ अर्ब  
१६) सानिमा लाइफः ०.६७ अर्ब
१७) रिलायन्स लाइफः ०.६१ अर्ब 
१८) प्रभु लाइफः ०.४४ अर्ब 
१९) महालक्ष्मी लाइफः ०.३५ अर्ब 
स्रोतः बीमा समिति


 

५ बर्ष अगाडि

प्रतिक्रिया