साधना लघुवित्त वित्तिय सस्थाको शेयर मुल्य समायोजन, कत्ति छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साधना लघुवित्त वित्तिय सस्थाको शेयर मुल्य समायोजन गरेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भए पछि नेप्सेले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो । 

संस्थाले साधारण सभा आगामी पुष २९ गते गर्दै छ । मुल्य समायोजन पछि संस्थाको नयाँ शेयर मुल्य प्रतिकित्ता १०३८ रुपैयाँ पुगेको छ । यस अघि संस्थाको शेयर मुल्य १२२५ रुपैयाँ थियो ।
 
संस्थाले गत आवको नाफाबाट १८ प्रतिशत बोनस शेयर दिदैंछ । नेप्सेले सोहि आधारमा संस्थाको नयाँ शेयर मुल्य निर्धाण गरेको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया