काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ ।
कम्पनीे साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भए पछि नेप्सेले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
संस्थाले साधारण सभा आगामी पुष २८ बोलाएको छ । मुल्य समायोजन पछि संस्थाको नयाँ शेयर मुल्य प्रतिकित्ता १४१५ रुपैयाँ पुगेको छ । यस अघि संस्थाको शेयर मुल्य १७६९ रुपैयाँ थियो ।
संस्थाले गत आवको नाफाबाट २५ प्रतिशत बोनस शेयर दिदैंछ । नेप्सेले सोहि आधारमा संस्थाको नयाँ शेयर मुल्य निर्धाण गरेको हो ।
प्रतिक्रिया