सेञ्चुरी बैंकको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेले सेञ्चुरी बैंकको शेयर मुल्य समायोजन गरेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भए पछि नेप्सेले आज उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो ।
 
बैंकले साधारण सभा आगामी पुष २९ गते गर्दै छ । मुल्य समायोजन पछि बैंकको नया शेयर मुल्य प्रतिकित्ता १९९ रुपैयाँ पुगेको छ । यस अघि बैंकको शेयर मुल्य २०९ रुपैयाँ थियो ।
 
बैंकले गत आवको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिदैंछ । नेप्सेले सोहि आधारमा बैंकको नयाँ शेयर मुल्य निर्धाण गरेको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया