राष्ट्र बैंकले बैंकहरुबाट २० अर्ब निक्षेप संकलन गर्दै, बोलकबोल आज

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुबाट रु. २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकले बाणिज्य, बिकास बैंक र वित्त कम्पनीबाट २८ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो । 
यसका लागि राष्ट्र बैंकले आज (पुस १६ गते) २ बजे बोलकबोल गर्ने भएको छ । त्यसमा क, ख र ग बर्गका बैंकले सहभागी जनाउन सक्ने छन् । बोलकबोल गर्दा उनीहरुले जम्मा गर्न चाहेको रकम खुलाउनुपर्ने छ । साथै, त्यसमा दिइने व्याज पनि बोलकबोल मार्फत नै टुंग्याउने राष्ट्र बैंकको भनाइ छ । 
राष्ट्र बैंकले माघ १५ गते सावा र व्याज एकै पटक झुक्तानी गर्ने बताएको छ । 
बैंकहरुले घटीमा रु. ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम बराबर बोलकबोल गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया