सरकारको एशियाली विकास बैंकसँग १८ अर्ब २५ करोडको ऋण सम्झौतामा हस्ताक्षर

५ बर्ष अगाडि

काठमाडौं- नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि नेपाल सरकार र एशियाली विकास बैंकसँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एशियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करीब २२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २५ करोड एशियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिनेछ । 

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने साथै छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने मन्त्रालयले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया