बूढानीलकण्ठ नगर प्रमुख खरेल कोरोनामुक्त

६ बर्ष अगाडि

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्  ।  

कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । 

सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोनामुक्त भएसँगै  आजदेखि कार्यालयका काममा फर्किने उनले बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया