डा. केसीको माग सम्बोधन गर्न दबाब दिन  प्रदर्शनमा उत्रिए  चिकित्सकहरू

६ बर्ष अगाडि

डा.गोविन्द केसी अहिले १९ औँ अनशनमा छन्।

आठ दिनसम्म जुम्लामा अनशन बसेका डा। केसी गएको बुधवारदेखि काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्।

डा। केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै   केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्। उनीहरु डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दबाब दिन प्रदर्शनमा उत्रिएका छन ।

चिकित्सकहरुले आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचार बाहेकका अन्य सेवा ठप्प गर्ने बताएका छन्।

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया