आज पनि घट्यो सुनचाँदीको मुल्य

६ बर्ष अगाडि

काठमाडौं – बिहीबार पनि सुनको मुल्य घटेको छ । बुधबार तोलामा १२०० ले घटेको सुनको मुल्य आज ७०० ले घटेको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मुल्य ९६ हजार ५०० तोकेको छ । यस्तै, तेजावी सुनको मुलय ९६ हजार तोकिएको छ । हिजो सुनको मुलय प्रतितोला रु. ९७ हजार २०० थियो ।
यस्तै, चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ  । महासंघकाअनुसार आज प्रतितोला रु १ हजार ३४५ मा चाँदीको कारोबार भएको छ 
।

६ बर्ष अगाडि

प्रतिक्रिया