छोरीको हत्या गरी आत्महत्याको घटना बनाउने प्रयास

६ बर्ष अगाडि

पर्सा, ८ वैशाख

आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका.१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ । 

निज संजय सरार्फले आफ्नै  ७ वर्षीया छोरी अंशू कुमारी सरार्फलाई गत चैत ११ गते  दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भन्ने घटनामा संजय सरार्फलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई मृतकको बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुल्न आएको हो । 

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया