भक्तपुरमा सडक मानवलाई दैनिक खाना खुवाइँदै

६ बर्ष अगाडि

भक्तपुर– जहाँ संकट त्यहाँ मानवीय आस्था भन्ने मूल उद्देश्यका साथ २०७२ सालको भूकम्पमा पीडितलाई सहयोग गर्न स्थापित मानवीय आस्था नेपालले वर्तमान संकटमा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु गरेको छ ।

कोभिड–१९ संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण भोकै परेका भक्तपुरका सडक मानवलाई मानवकल्याण समाजसंँगको सहकार्यमा दैनिक खाना खुवाउन शुरु गरिएको हो । 

भूकम्पका समय भक्तपुरमा भएको विनाश र हनुमानघाटमा लहरै रहेका कयौँ शव देखेर  युवा नेता महेश बस्नेतले तत्काल भूकम्प पीडितको खोज, उद्धार र राहत वितरणका लागि स्थापना गरेको सो संस्थाले गत बिहीबारदेखि दैनिक एक छाक सडक मानवलाई खाना खुवाउँदै आएको छ ।

भक्तपुरका सडक, पाटी, मन्दिरलगायत क्षेत्रमा बसिरहेका ६० जनाको पहिचान गरी उनीहरु बसेकै ठाउँमा पुगेर खाना वितरण गर्न थालिएको हो ।

नेकपाका केन्द्रीय सदस्य बस्नेतले लकडाउनको कारण भक्तपुर जिल्लाका सडकपेटी र सार्वजनिक मन्दिर पाटीपौवामा बस्दै आएका सडक मानवलाई भोकै सुत्नु पर्ने अवस्था आएको जानकारी पाएलगत्तै उनीहरुको खोजी गरी खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिए ।

, नयाँठिमी, कौशलटारलगायत विभिन्न ठाउँमा रहेका सडक मानवलाई लकडाउनपछि उद्धार गरेर व्यवस्थित गरिने योजना रहेको उनले बताए । 
        

६ बर्ष अगाडि

प्रतिक्रिया