खोलामा डुबेर बालकको मृत्यु

७ बर्ष अगाडि

रासस – बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् ।

खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाउनुभएको छ ।

उनको शव परिवारको जिम्मा लगाइएको पनि उहाँले बताउनुभयो । 

७ बर्ष अगाडि

प्रतिक्रिया