काठमाडौँ – काठमाडौँको नयाँ बसपार्कबाट तीन जना पेस्तोलसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीबाट खटेको टोलीले आइतबार साँझ काठमाडौँ महानगरपालिका २६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।
उनीहरुको साथबाट बाराट मेड इटाली लेखिएको अटोमेटिक पेस्तोल र पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरेको छ ।
तेस्तै उनीहरुको साथबाट २२० सीसीको बा ६७ प २६६६ र बा ९९ प १३०३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया